दार्चुलामा आठ दर्जन शिक्षकहरुले बुझे स्थायी नियुक्ती

१ बर्ष अघि

२0७९ चैत्र २३ बिहीबार

दार्चुलामा आठ दर्जन शिक्षकहरुले बुझे स्थायी नियुक्ती

चैत्र २३ दार्चुला । शिक्षक सेवा आयोगले गत आर्थिक बर्षमा खोलेको प्राथामिक तह तृतिय श्रेणीको शिक्षक पदको लिखित र मौखिक परीक्षा पास गरेका दार्चुला जिल्लाका ९६ जना शिक्षकहरुले विहिवार स्थायी नियुक्ती बुझेका छन् । 
जिल्ला शिक्षा समन्वय ईकाइ दार्चुलामा औपचारिक कार्यक्रम गरी दार्चुला जिल्लाका नौ वटा स्थानीय तहका आधारभूत विद्यालयहरुमा काम गर्ने गरी स्थायी नियुक्त वितरण गरिएको जिल्ला शिक्षा समन्वय ईकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । 
दार्चुला जिल्लाको महाकाली नगरपालिकामा १५जना, शैल्यशिखर नगरपालिकामा १३ जना, अपिहिमाल गाउँपालिकामा ८ जना, मार्मा गाउँपालिकामा ८ जना, नौगाड गाउँपालिकामा १० जना, लेकम गाउँपालिकामा १४ जना, मालिकार्जुन गाउँपालिकामा १५जना, दुहुँमा गाउँपालिकामा ७ जना र व्याँस गाउँपालिकामा ६ जना शिक्षकले स्थायी नियुक्ती बुझेका हुन् ।
दार्चुला जिल्लामा गत आवमा १ सय ३२ जना शिक्षकको पद रिक्त रहेको र ९६ जनाले शिक्षक सेवाबाट नाम निकालेका छन् भने अझै दार्चुला जिल्लामा प्राथमिक तहमा १ सय २ जना शिक्षकको पद रिक्त रहेको र चालु आवमा शिक्षक सेवा आयोगले ती पदहरुमा विज्ञापन आह्वान गरिसकेको शिक्षा समन्वय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।