सबै स्थानीय तहमा सांसदहरुको भेटघाँट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

५ बर्ष अघि

२0७५ कार्तिक १0 शनिबार

सबै स्थानीय तहमा सांसदहरुको भेटघाँट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

दृष्टीकोण समाचार, कार्तिक १० दार्चुला । दार्चुला जिल्लाबाट निर्वाचित संघिय सांसद गणेश सिह ठगुन्ना र प्रदेश सांसदद्वय गेल्बुसिह बोहरा र मानबहादुर धामीको टोलीले दार्चुला जिल्लाका नौ वटै स्थानीय तहहरुमा २०७५ सालको विजया दशमी, तिहार तथा छट पर्बको अवसरमा शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाँट कार्यक्रम सम्पन्न गरेको छ ।
दशै अगाडी दार्चुला जिल्लाका दुईवटा नगरपालिका महाकाली र शैल्यशिखर तथा मालिकार्जुन गाउँपालिकामा कार्यक्रम गरेका हुन् । दशै पछि अन्य गाउँपालिकामा कार्यक्रम गर्ने क्रममा शनिबार व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा शुभकामना आदान प्रदान एवं कार्यकर्ता भेटघाँट कार्यक्रम गरिएको छ ।


विशेष गरी चाडपर्बको बेला गृह जिल्लाको भ्रमणमा रहेका नेकपाका सांसदहरुले निर्वाचनका बेला जनतासँग गरेका विभिन्न बाचाहरु, स्थानीय सरकारहरुले गरिरहेका गतिविधी, एव प्रदेश र संघिय सरकारबाट स्थानीय स्तरमा लागु गरिने विभिन्न योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी दिन तथा चाडपर्बको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सहित सबै स्थानीय तहहरुमा कार्यक्रम सम्पन्न गरिएका छन् । व्याँस गाउँपालिकामा शनीबार व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संघिय सांसद गणेशसिह ठगुन्ना प्रमुख अतिथी रहेका थिए भने प्रदेश सांसद गेल्बुसिह बोहरा तथा मानबहादुर धामी विशिष्ट अतिथी रहेका थिए । 
कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, नेकपाका जिल्ला नेता उदयसिह बडाल, व्याँस गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष एवं स्थानीयहरुको सहभागिता रहेको सांसद गणेशसिह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।