दार्चुला। नेकपा एमाले को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको अध्यक्षमा अनिल सिह ठगुन्ना निर्वाचित भएका छन्। जिल्ला सदमुकाम दार्चुलामा भएको ७ औँ जिल्ला अधिवेशनमार्फत अध्यक्षमा ठगुन्ना सर्वसम्मत निर्वाचित भएका हुन्। यस्तै, उपाध्यक्षमा महेश भण्डारी, सचिवमा ललित सिह खत्री , सहसचिवमा गोविन्द ठगुन्ना र विमल जोशी, कोषाध्यक्षमा रेसिका धामी चयन भएका छन्।
७ औँ अधिवेशनले २९ सदस्यीय जिल्ला कमिटीसमेत चयन गरेको छ। राष्ट्रिय युवा संघको केन्दीय कमिटि सचिव बिष्ना चन्दको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा नेकपा एमाले केन्दीय कमिटि सदस्य कृपा राना लगायत नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका पदाधीकारी लगायतको उपस्थिति रहेको थियो।