सत्ता साझेदार दलहरुबीच छलफल, बेलुकासम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

१ बर्ष अघि

२0७९ चैत्र १६ बिहीबार

सत्ता साझेदार दलहरुबीच छलफल, बेलुकासम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाण्डौ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेलुकासम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान सत्ता साझेदार दलहरुसँगको छलफल लगत्तै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन जानु भएको छ । उहाँ चितवनबाट दिउँसो फर्किने र त्यसपछि थप छलफल हुने नेता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दिउँसो २ बजे सत्ता साझेदार दलहरुबीच छलफल गर्ने तयारी छ ।

छलफलका क्रममा कुनै विवाद नआए बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने उहाँले बताउनुभयो । हिजोको बैठकमा नेपाली कांग्रेसले आठ, माओवादी केन्द्रले पाँच, एकीकृत समाजवादी र जसपाले दुईरदुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एकरएक मन्त्रालय लिने तय भएको छ ।

जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि मन्त्रालय सुरक्षित राखेको छ ।