चीनसंग जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनका लागि व्याँस गाउँपालिका अध्यक्ष धामीले चीनीया राजदुत गीत लाई बुझाए ज्ञापन पत्र

१ बर्ष अघि

२0७९ चैत्र १६ बिहीबार

चीनसंग जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनका लागि व्याँस गाउँपालिका अध्यक्ष धामीले चीनीया राजदुत गीत लाई बुझाए ज्ञापन पत्र

दार्चुला । चीनसंग जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनका लागि व्याँस गाउँपालिका अध्यक्ष मगल सिह धामीले चीनीया राजदुत चेन गीत लाई ज्ञापन पत्र बझाएका छन् । दार्चुला जिल्लाको चीनसंग जोडिएको टिंकर नाका सञ्चालनका लागि पहल गरिएको छ । नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, दार्चुलाका अन्य सरोकारवाला हरुसहितको प्रतिनिधि मण्डलले नेपालका लागि चीनका राजदूत चेन गीतसँग शिष्टाचार भेट गरेर टिंकर नाका सञ्चालनको माग गरेका हुन ।

कोरोना भाइरस कोभिड १९ को प्रकोप पछि टिंकर पास र पुरुङ काउन्टी नाका बन्द हुँदा नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल भएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, चीनिया राजदुतको प्रतिक्रियाले हामी धेरै खुसी भयौं, महामहिमले एक महिनाभित्र पुरुङ काउन्टी सञ्चालनमा आउने आश्वासन दिनुभएको छ ।


दुई देशबीचको सहकार्य, व्याँस गाउँपालिका र पुरुङ प्रविडेन्सबीच भगिनी सम्बन्ध स्थापना गर्ने र अन्य सहयोगका क्षेत्रमा थप छलफल गर्ने अवसर पाएको उहाँले बताउनुभयो । टिंकर नाका बन्द हुँदा नेपाली व्यापारीहरु समस्यामा परेका छन । नाका सञ्चालनमा नआउदा धेरै व्याँसबासीको रोजगारी समेत गुमेको बताइएको छ ।