दार्चुला सदरमुकाम खेलमैदानको समस्या समाधान हुन सकेन 

५ बर्ष अघि

२0७५ कार्तिक १0 शनिबार

दार्चुला सदरमुकाम खेलमैदानको समस्या समाधान हुन सकेन 

दिपक सिह धामी कार्तिक १० दार्चुला । 
दार्चुला जिल्लामा खेलकुद सञ्चालनका लागि खेलमैदान नहुदा समस्या हुने गरेको छ । 
२०७० सालममा महाकाली नदिमा आएको बिनासकारी वाडी ले सदरमुकाममा रहेको खुलामञ्च बगाएपछि दार्चुला सदरमुकाममा पाच वर्ष देखी खेलमैदान बिहिन भएको हो  । खेलमैदान बगाएको ५ वर्ष हुदापनी खेलमैदान निर्माण गर्न सरकारी पक्ष  तथा स्थानिय तहले कुनै कदम चालेको छैन । सदरमुकाममा सार्वजनिक खेलमैदान नहुदा मासिहरुको निजि जमिनमा गएर खेल्ने गरेको महाकाली नगरपालीका वडानम्बर ५ मोहतीका धुर्व राज अवस्थिले बताउनुभएको छ ।
खेलमैदान बनाउन महाकाली नगरपालीका वडा नम्बर ४ बिरेन्द्र वनमा रहेको नेपाली सेनाको जमिनलाई मागका लागि  रक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको तर रक्षामन्त्रालय ले पनि जमिन उपलबध नगराएकाले दार्चुला खेलकुद विकास समिति अध्यक्ष नारायण दहालले बताउनुभएको छ । दार्चुला जिल्ला खेलक्षेत्रमा धेरै अगाडि बढ्न नसक्नुको एक कारण खेलमैदानको अभाव रहेको महाकाली नगरपालीका वडा नम्बर ४ का नबिन धामी ले बताएका छन ।खेल मैदान बन्न नसक्नुको मुख्य कारण जमिनको अभाव रहेको जिल्ला खेलकुद विकास समिती दार्चुलाले जनाएको छ ।

अब खेलमैदान र कबडहल निर्माणका लागि महाकाली नगरपालीका वडानम्वर ४ डुमपानीमा बनाउने  र खेलमैदान निर्माणका लागि  महाकाली नगरपालीकाले ४५ लाख नगर परिषदबाट छुट्याउने निर्णय गरिएको  तर सार्वजनीक जग्गा नहुदा खेलमैदान निर्माण गर्न नसकिएको खेलकुद विकास समिति अध्यक्ष दहालले जानकारी दिनुभएको छ ।