प्रतिनिधि सभा बैठक बस्दै

१ बर्ष अघि

२0७९ चैत्र १५ बुधबार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।


आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण ९पहिलो संसोधन० विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।