राष्ट्रिय बाणिज्य बैंक दार्चुलामा पहिलो पटक एटिएम पुग्यो

५ बर्ष अघि

२0७५ कार्तिक १0 शनिबार

राष्ट्रिय बाणिज्य बैंक दार्चुलामा पहिलो पटक एटिएम पुग्यो

दृष्टीकोण समाचार, कार्तिक १० दार्चुला ।  दार्चुला जिल्लामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा पहिलो पटक अटोमेटिक टेलर मेसिन (एटिएम) ल्याइएको छ । हालसम्म राष्ट्रिय बाणिज्य बैंक शाखा दार्चुलामा चेक र नगदबाट कारोबार गरिन्थ्यो । समयको माग अनुसार कारोबारमा सहजता ल्याउनका लागि यसै हप्ता दार्चुलामा एटीएम मेसिन पु¥याईएको र अहिले एटीएम मेसिन राख्ने घर निर्माण भईरहेको राष्ट्रिय बाणिज्य बैंकशाखा दार्चुलाका म्यानेजर किसनराम लोहारले बताउनु भयो । 
एटिएम बाट तिहार लगत्तै कारोबार थालिने राबा बैंक बैंक दार्चुला शाखाले जनाएको छ । जिल्लामा सूरुमा एक मात्रै राष्ट्रिय बाणिज्य बैंकको शाखा रहेकोले आर्थिक कारोबार गर्नेको भिडभाड हुने गरेको थियो ।  अझै पनि अधिकाँश सरकारी कार्यालय, कर्मचारी, विभिन्न संघसंस्थाहरुको कारोबार राबा बैंक बाटै हुने गरेको छ । 
हाल दार्चुला जिल्लामा आधा दर्जन बढी बैंकहरु सञ्चालनमा रहेका छन् ।