प्रधानमन्त्री र सभामुखबीच भेट, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल

१ बर्ष अघि

२0७९ चैत्र १३ सोमबार

प्रधानमन्त्री र सभामुखबीच भेट, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटमा सदनका कामकारबाहीलाई थप प्रभावकारी बनाउने र केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा पनि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग चासो राखेको बुझिएको छ ।