स्याउ जोन कार्यक्रमको सभाव्यता अध्ययन  ,अपिहिमाल र ब्याँस गाँउपालिकामा स्याउ खेति गरिदै

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

 स्याउ जोन कार्यक्रमको सभाव्यता अध्ययन  ,अपिहिमाल र ब्याँस गाँउपालिकामा स्याउ खेति गरिदै

सुलोचना महता दृष्टिकोण समाचार दार्चुला 
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा स्याउ जोन कार्यक्रम सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । 
आर्थिक वर्ष २०७५÷०७६  देखि  २०८०÷०८१ सम्म नेपाल सरकारद्धारा ६ वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत पर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत परियोजना कार्यान्वयन इकाई कार्यालय दार्चुलाले अपिहिमाल गाउँपालिकामा स्याउ जोन कार्यक्रम सञ्चालन गर्न  सम्भाव्यता अध्ययन गरेका हुन । 
६ वर्ष भित्रमा दार्चुलाको ५ सय हेक्टर क्षेत्रफलमा  स्याउ खेतीको माध्यमबाट कृषकहरुको जिवनस्तरमाथि उकास्ने उद्देश्यले स्याउ जोन कार्यक्रम दार्चुलामा सञ्चालन हुन लागेको परियोजना कार्यान्वयन इकाई दार्चुलाका सुचना अधिकारी  हरिदत्त जोशीले जानकारी दिनु भयो । सभाव्यता अध्ययन गर्दा अपि हिमाल गाउँपालिका स्याउ खेति गरीरहेको पाइएको परियोजना कार्यान्वयन इकाई दार्चुलाका  निम्ति प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विष्णु प्रसाद ओझा बताउनु भयो । अपिहिमाल गाउँपालिका वाड नं. ४ मा बसोबास गर्ने प्रताप अटियालले  वि.सं. २०६० सालमा ५ सय स्याउका बोट, अपिहिमाल गाउँपालिकामा वाड नं. ३ मा बस्ने दान सिंह ठेकरेले हाल ५ सय स्याउको बोट लगाएको पाइयो भने ल्याएर अपिहिमाल गाउँपालिकामा वाड नं. ३ मा बस्ने जनक कार्कीले ३ सय स्याउको बोट लगाइएको र ८ परिवारले १० देखि १ सय सम्म स्याउ लगाएको पाइएको परियोजना कार्यान्वयन इकाई दार्चुलाका सुचना अधिकारी  जोशीले जानकारी दिनु भएको छ ।
 स्याउका बोट लगाउने अपिहिमाल गाउँपालिकाका स्थानियहरुले कसैले बैतडीको सतबाँज(सरकारी फर्म), कसैले भारतको हिमाञ्चल र कसैले जुम्लाका व्यापारीहरुबाट स्याउको बोट किनेर स्याउ लागइएको पाइएको  सुचना अधिकारी  जोशीले बताउनु भयो । अपिहिमाल गाउँपालिकामा स्याउ जोन कार्यक्रम सञ्चालन गर्नका निम्ति सम्भाव्यता अध्ययन गर्दा रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ रहेको परियोजना कार्यान्वयन गर्नका लागि समभाव्यता अध्ययन भईरहेको छ । भगोलिक विकटता, भिरपाखाहरुमा स्याउ लगाइएको, उन्नत जातको स्याउको बोट नरहेको, मलजलको अभाब, सिचाँइको अभाव रहेको तथा स्याउ खेती गर्ने तरीका किसानहरुलाइ थाहा नभएको जस्ता समस्याहरु रहेकोमा स्याउ जोन कार्यक्रमले नयाँ प्रविधि अपनाई कृषकहरुलाई तालिम दिएर स्याउ खेती गरीने परियोजना कार्यान्वयन इकाई दार्चुलाले  जनाएको छ । 
त्यसैगरि दार्चुला जिल्लाका ब्याँस गाँउपालिकामा पनि स्याउजोन कार्यक्रम सञ्चालनका लागि समभाव्यता अध्ययन गरिन लागेको छ । दार्चुलाको व्याँस गाँउपालिका वडा नं.१ व्याँसमा पनि स्याउखेती गरिएको र बजारको अभावमा भारतको छियालेक भएर भारतिय बजारमा बिक्री हुने गरेको वडा नं. १ का वडा अध्यक्ष अशोक सिंह बोहराले बताउनु भएको छ ।