माधव नेपालको प्रश्न राजा आऊ देश बचाऊ भन्छन्, नेपालमा राजा कुनै गतिला छन्

१ बर्ष अघि

२0७९ चैत्र १0 शुक्रबार

माधव नेपालको प्रश्न राजा आऊ देश बचाऊ भन्छन्, नेपालमा राजा कुनै गतिला छन्

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘राजा आऊ देश बचाऊ’ भन्नेलाई नेपालमा राजा कुनै गतिला थिए भन्ने प्रश्न गरेका छन्।

राजतन्त्र पुनर्स्थापित गर्नुपर्छ भन्दै बैठकहरू हुने गरेको उल्लेख गरेका अध्यक्ष नेपालले  तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको बताए।

काठमाडौंमा आज भएको पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘अहिले तपाईं देखिरहनुभएको छ( राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। के नेपालमा राजा कुनै गतिला छन्रु’

राजा आएर उनीहरूले अब विकास निर्माणलगायत काम गर्न नसक्ने उनको भनाइ थियो।

‘राजाहरू भ्रचाटारबाट उन्मुक्त छन्रु सुशासनका पक्षपोषक छन्रु त्यागी तपश्वी छन्रु जोगी सन्यासी भएर आएका छन्रु,’ उनले भने, ‘छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर। तर नझुक्किनुस्, दारी पालेर जोगी होइन त्यो भोगी हो।’

उनले सबै क्षेत्रमा भएका भष्टाचार हटाउन सबैका ज्ञान, हैसियत र अनुभव छन् भने बाँडेर अघि बढ्नुपर्ने बताए।