दार्चुला बहुमुखी स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी विजय

१ बर्ष अघि

२0७९ चैत्र ९ बिहीबार

दार्चुला बहुमुखी स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी विजय

दार्चुला । दार्चुला बहुमुखी स्वुवियु सभापतिमा अनेरास्वविय र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार कृष्ण धामी वियय भएका छन् । सुदुरपश्चिम विश्विद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा २ सय ७५ मत सहित धामी विजय भएका हुन । 
उनका निकटतम प्रतिष्प्रधी नेविसंघका भान बहादुर पालले २ सय ६ मत प्राप्त गरे त्यस्तै प्रतिष्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले १६ मत प्राप्त गरे । यस्तै सचिवमा नेविसंघका जवन सिह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । 
डडालसंग प्रतिष्पर्धा गरेका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धनसि धामीले २ सय ४० मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका मनिष डडाल विजय भएका छन् ।  उनले २ सय ७० मत ल्याइन भने उनका निकटतम प्रतिस्पधी नेविसंघका विजया जोशीले २ सय १६ मत पाएका छन् । 
यस्तै सदस्यहरुमा संयुक्त प्यानलबाट दिपुसिंह महताले २ सय ६३, सुनिता धामी २ सय ७३, हेमा ठगुन्ना २ सय ६३, सुनिल कार्की २ सय ६८, कमला कार्की २ सय ६० र बसन्ती धामीले २ सय ६० मत ल्याएर विजयी भएका छन । यस्तै नेविसंघबाट सदस्यका उम्मेदवार भीम सिंह ऐरीले २ सय २६, पुष्पा महता २ सय १५, दिपक राज भट्ट २ सय २३, रेखा पार्की २ सय १२, राजेन्द्र बोहरा २ सय २३  र रोशन सिंह मन्यालले २ सय २३ मत प्राप्त गरेका छन् ।  
दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल खडा गर्दैै चुनाव लडेका थिए भने नेविसंघ एक्लै प्रतिस्पर्धामा थियो । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस गोकुलेश्वर बहुमुखीमा सहमतिमै स्ववियु नेतृत्व चयन गरिएको छ । त्यँहा अनेरास्ववियु क्रान्तिकारीका नबिन विष्ट अध्यक्ष रहने गरी नेतृत्व चयन गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जिल्लाका चार क्याम्पसमा चैत ५ गते आइतवार स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी को संयुक्त प्यानलले ३ र नेविसंघले एक स्थानमा विजय हासिल गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन अनिश्चित छ ।