दार्चुला बहुमुखी क्याम्पसमा भोलि स्ववियु निर्वाचन हुदै

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

दार्चुला बहुमुखी क्याम्पसमा भोलि स्ववियु निर्वाचन हुदै

दार्चुला : सबैभन्दा बढी विद्यार्थी संख्या भएको जिल्लाको दार्चुला बहुमुखी क्याम्पसमा भोलि स्ववियु निर्वाचन हुदैछ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सहमतिमै स्ववियु नेतृत्व चयन गरिएको छ भने दार्चुला बहुमुखी क्याम्पसमा नेतृृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

 

 

यस क्याम्पसमा ५ सय ४६ विद्यार्थी मतदाता रहेका छन् । निर्वाचन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने क्याम्पसले जनाएको छ । यहाँ दुई विद्यार्थी संगठनका र स्वतन्त्र उम्मेदवार गरी स्ववियु अध्यक्षमा तीन जना चुनाव लड्दैछन् । 

 

 

निर्वाचन अधिकृत धाना धामीका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा कृष्ण धामी, सचिवमा धनसिंह धामी, कोषाध्यक्षमा मनिसा डडाल, सदस्यमा दिपु सिंह महता, सुनिता धामी, हेमा ठगुन्ना, सुनिल कार्की, कामला कार्की, बसन्ती धामी उम्मेदवार छन् ।

 

यस्तै नेविसंघको तर्फबाट अध्यक्षमा भान बहादुर पाल, सचिवमा जवन सिंह डडाल, कोषाध्यक्षमा विजया जोशी, सदस्यहरुमा भीम सिंह ऐरी, पुष्पा महता, दिपक राज भट्ट, रेखा पार्की, राजेन्द्र बोहरा, र रोशन सिंह मन्याल छन् । यस्तै स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशी पनि अध्यक्षमा चुनाव लड्दैछन् ।

 

 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जिल्लाका चार क्याम्पसमा चैत ५ गते (आइतवार) स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलले ३ र नेविसंघले एक स्थानमा विजय हासिल गरेको छ । अनेरास्ववियूको तर्फबाट शंकरपुर क्याम्पस पस्तीको स्ववियु अध्यक्षमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भएका छन् । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको अध्यक्षमा जगदीश कोट्टारी विजय भए । संयुक्त प्यानल सँग स्ववियु निर्वाचन लडेको नेविसंघले राष्ट्रिय क्याम्पस दत्तुमा विजय गर्यो । त्यहाँ सरोज ग्वाईलाले स्ववियु अध्यक्षमा विजय हासिल गरे । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित छ ।