नेपालमा कहाँ बाट आउँछ नक्कली नोट

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

नेपालमा कहाँ बाट आउँछ नक्कली नोट

झापा । झापामा प्रतिबन्धित लागु औषध र नक्कली नोट सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका(४ स्थितबाट लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।

बेलुका बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड(४ का सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैँयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे।५ प।९७९७ नम्वरको मोटरसाईकल बरामद भएको विराटनगर स्थित कोशी प्रदेश कार्यालयले जनाएको हो  ।

उक्त घटनामा २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई पक्राउ गरिएको हो । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतमा नयाँ सरकार २०१४ मा भारतीय जनता पार्टीको बने देखि प्रधानमन्त्री मोदीको कडा कदमले त्यहा नक्कली नोट कारोबार रोक्न सहज भएको हो । भारतमा कडा कदमले अब तेस्रो मुलुकले नेपालको अर्थतन्त्र लाई धरासायी बनाई रहेको हुन सक्ने अनुमान शुरु भएको छ । पहिले पाकिस्तान बाट नक्कली भारतिय रुपैयाँ नेपाल हुदै तस्करी हुने गरेको हो । अब भारतमा कडा कानुन कडा सरकार रहेकोले काम गर्न गार्‍हो भएकोले नेपाल तिर अपराधी सलबलाउन शुरु भएका हुन । नेपाल सरकारले पनि कडा कदम चाल्न जरुरी रहेको छ ।