काङ्ग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने , सरकारमा सहभागी हुने निर्णय

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

काङ्ग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने , सरकारमा सहभागी हुने निर्णय

काठमाडौं । नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ९प्रचण्ड०लाई गत पुसमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्दै आएको नेपाली कांग्रेस प्रतिनिधि सभाको बैठकमा अबदेखि सत्तापक्षको बेञ्जमा बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री ९प्रचण्ड०लाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रकाशशरण महले बैठकले सरकारमा समावेश हुने निर्णय समेत गरेको जानकारी दिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा समेत सहभागी हुने भएपछि संसद्‌मा अब पार्टी सत्तापक्षको बेञ्चमा बस्ने प्रवक्ता महतको भनाइ छ।

आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताउनुभयो ।


उहाँले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको उल्लेख गर्नुभयो ।

उहाँले आइतबार बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनुभयो ।

प्रवक्ता महतले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको बताउनु भयो ।

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताउनुभयो ।

प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताउनुभयो ।