दार्चुलामा सोमवार रातिदेखि वर्षा

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

दार्चुलामा सोमवार रातिदेखि वर्षा

दार्चुला । दार्चुलामा वर्षा भइरहेको छ। सोमवार रातिदेखि धनगढी लगाएतका क्षेत्रमा वर्षा भइरहेको हो। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले दार्चुलासहित सुदूरपश्चिमका विभिन्न ठाउँमा वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भाग र तराई भू–भागका थोरै स्थानहरुमा चट्याङ्ग, हावा–हुरी, असिनासहित वर्षाको सम्भावना रहेको बताएको छ। महासाखाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
मंगलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

राति पहाडी भू–भाग तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग, हावा–हुरी, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बुधवार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहिवार देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।