अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0७९ चैत्र ६ सोमबार

अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु  प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुईरचार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको हो । उहाँले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि ९मङ्गलवार० बिहानदेखि छलफल सुरु गर्ने पनि जानकारी दिनुभयो । 

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने प्रधानमन्त्रीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २र४ दिनभित्रमै सबै टुङ्ग्याउने अनि काम गर्ने विचार छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताउनुभयो ।