दार्चुलामा विद्युत मिटर अभाव, वितरण कार्य बन्द

१ बर्ष अघि

२0७९ चैत्र ४ शनिबार

दार्चुलामा विद्युत मिटर अभाव, वितरण कार्य बन्द

दार्चुला । दार्चुलामा विद्युत मिटरको अभाव भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले मिटर अभावमा नयाँ विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरेको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै चैत २ गतेदेखि अर्को सूचना प्रकाशन नहँदा सम्म विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरिएको जनाइएको छ ।


पछिल्लो समय दार्चुलाका विभिन्न ठाउँमा राष्टिय प्रसारणको लाइन विस्तार भएसंगै मिटरका ग्राहकको संख्यामा समेत बृद्धि भएको छ । मिटर अभाव तथा वितरण कार्य बन्द गरिदा चाँडै विद्युत बाल्ने आशामा बसेका सेवाग्राहीहरुलाई समस्या हुने भएको छ ।