गिनिजबुकमा नामलेख्न सफल मनोज दार्चुलामा कला प्रदर्शन गदैँ

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

गिनिजबुकमा नामलेख्न सफल मनोज दार्चुलामा कला प्रदर्शन गदैँ

दृष्टिकोण समाचार कार्तिक ९ गते 
आफुमा भएको प्रतिभा सबैको सामु देखाउनु हरेक व्यतिको पहिचान हुने बैतडिका मनोज चन्दले सन्देश दिएको छन । 
प्रदेश नं. ७ कै गिनिज बुकमा नाम लेख्न सफल बैतडी जिल्ला शिगास गाउँपालिका ९ चौखाम घर भएका मनोज चन्दले आफनो कला दार्चुला जिल्लामा पनि पत्रकार सम्मेल गरि प्रदर्शन गरेका छन् । 
आफुमा रहेको कला तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले नेपालको दार्चुला जिल्ला लगायत ७२ जिल्लामा आफनो कला देखाएको मनोजले बताउनु भएको छ । भने नेपालको डोल्पा, जुम्ला, ताप्लेजुङ जिल्लामा मात्र बाँकी रहेको चन्दले बताएका छन् ।  नेपालमा मात्र नभएर कोरिया, जपान  लगायत विश्वका २३ देशमा पनि कला प्रदर्शन गरेको चन्दको भनाई रहेको छ । वि.सं. २०४५ सालमा जन्मिएका चन्दले नै कक्षा ९ कक्षामा अध्ययन गर्ने क्रममा बाँया हातले कलम चलाई लेख्ने गर्दा साथीभाईहरुले जिस्काएकोमा दाँया हातले पनि लेख्ने प्रयास गरेको चन्दले बताएका छन् । हाल  दुबै हात , दुबै खुटटा, मुख, कुईना र दुवै हातमा तीन तीन वटा कलम समातेर लेख्न सक्ने प्रतिभा मनोज चन्दमा रहेको छ । 
२०६७ साल देखि कला प्रदर्शन शुरु गरेका चन्दले आफुमा रहेको प्रतिभा देखाउन देशविदेश जानको लागि आर्थिक समस्या रहेकोमा सरकारसंग सहयोगको लागि पटकपटक सहयोगको अपेक्षा गर्दा पनि सरकारी तथा गैर सरकारी पक्षबाट सहयोग नभएको उहाँको भनाई रहेको छ ।