रवि लामिछानेको काण्डको फाइल तयार, अदालतमा मुद्दा दायर गरिँदै, पक्राउ पर्नसक्ने

१ बर्ष अघि

२0७९ चैत्र ४ शनिबार

रवि लामिछानेको काण्डको फाइल तयार, अदालतमा मुद्दा दायर गरिँदै, पक्राउ पर्नसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन फाइल तयार भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । अब सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउनेछ । जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

चितवन २ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बेला जिल्ला अदालतमा मुद्दा दायर भई कारवाही अघि बढ्दा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लामिछाने पक्राउ पर्नेछन् ।

हाल प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनको क्रममा रहेको सरकारी वकिल कार्यालयका एक उच्च अधिकारीले बताए ।