तिङकर सडकको निर्माण कार्य नेपाली सेनालाई दिनेः सासद ठगुन्ना 

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

तिङकर सडकको निर्माण कार्य नेपाली सेनालाई दिनेः सासद ठगुन्ना 

दृष्टिकोण समाचार दार्चुला कार्तिक ९ गते  
दार्चुला जिल्लामा निर्माण धिन सडक खण्डको निर्माण कार्य छिटो छरितो सम्पन्नका लागी नेपाली सेनालाई जिम्मा लगाईने प्रतिनिधि सभा सासद गणेश सिह ठगुन्नाले बताउनु भयो ।  
कार्यकर्ता भेटघाँट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने बेला दार्चुला तिङकर सडकको कार्यप्रगति प्रर्ति असन्तुष्टि भएका स्थानीयहरुलाई दार्चुला तिङकर सडक निर्माणका लागी नेपाली सेना मार्फत काम गराउने, नभए जिल्ला बाहिरबाट कामदारहरु ल्याएर छिटो भन्दा छिटो सडक सुचारु गर्ने अस्वासन समेत प्रतिनिधि सासद गणेश सिह ठगुन्नाले अस्वासन दिएका छन । 


भने आजकै कार्यक्रमबाट दुहँ गाँउपालिकालाई प्रदेश सरकारको तर्फबाट सुविधा सम्पन्न एमबुलेन्स हस्तान्त्रण गर्ने र ब्रहम मन्दिर निर्माणमा देखिएको समस्या सामाधानका लागि पनि पहल चाल्ने अस्वासन स्थानीय दुहँ गाँउपालिा बासि जनताहरुलाई ढृक्क हुन भनेका छन । शुक्रबार विहान शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन दुहँ गाँउपालिका जाने क्रममा बाँगाबोगडमा तडबन्ध र तिंकर सडक खण्डको राताकाठा लगायत सडकको अनुगमन समेत गरेका दौलत सिह ठगुन्नाले जानकारी दिनु भयो । 


दार्चुला निर्वाचित प्रतिनिधिसभा तथा प्रदेश सभा सासंद अहिले जनताहरु संगको भेटघाटमा रहेका छन् । असोजको अन्तिमसाता मात्रै गृह जिल्ला दार्चुला आईपुगेका नेकपा सासंदहरु अहिले जनताहरुको समस्या असुविधाहरुको जानकारी लिन घरदैलो  अभियानमा आएका छन् । प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्ना, प्रदेश सासंद दोय  गेल्बु सिह बोहरा र मान बहादुर धामी सन्तोष, मार्मा गाउँपालीका अध्यक्ष जमन सिह धामी , अपिहिमाल गाउँपालीकाका अध्यक्ष धर्मानन्द्र मन्याल ,डिएन घाजिरेल , नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामी, लेकम गाँउपालिका अध्यक्ष प्रमान्द जोशी लगायतको टोली जनता संग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमका लागी दुहँ व्यास पुगेका हुन।