चीनमा धमाधम ‘गायब’ हुँदै अर्बपति

१ बर्ष अघि

२0७९ चैत्र ३ शुक्रबार

चीनमा धमाधम ‘गायब’ हुँदै अर्बपति

काठमाडौ ।  चीनको हाई–प्रोफाइल अर्बपतिमध्येका एक ज्याक माले चिनियाँ सरकारको खुलेआम आलोचना गरेपछि उनी ‘गायब’ भए
अमेरिकासँगको व्यापार युद्ध होस् या कोरानोको उद्गमस्थल, सस्तो सामान होस् या प्रविधि उपयोगका अन्य कारण, वा राजनीतिक कारणले होस् या भूराजनीतिक कारणले, चीन सधैँ चर्चामा रहन्छ । तर, त्यही चीनमा केही समययता अर्बपतिहरू धमाधम गायब भइरहेका छन् । यतिवेला सी जिनपिङ लगातार तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिएका छन् । उनै सीले शासनसत्ता सम्हालेयता अर्बपति हराउने घटना घटिरहेका छन् । यसरी चीनमा गायब हुने सूचीमा उद्योगपति, कारोबारी, कलाकार र पत्रकार आदि छन् । 

पछिल्लो समय हराइरहेका अर्बपति हुन्, बाओ फ्यान । केही समयअघि ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक अर्बपति ज्याक मा पनि अचानक गायब भएका थिए । आइटी उद्योगका सम्झौताकर्ता फ्यान गत महिनादेखि हराएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनी हराएसँगै फेरि एकपटक चीनमा अचानक हराइरहेका अर्बपतिमाथि विश्वले चासो दिएको छ ।

चाइना रिनेन्सा होल्डिङ्सका संस्थापक बाओलाई चीनमा प्रविधि क्षेत्रका दिग्गजका रूपमा हेरिन्छ । उनले यो कम्पनी सन् २००५ मा सुरु गरेका थिए । केही हप्तायता बाओको कुनै अत्तोपत्तो नभएपछि उनको कम्पनी रिनेन्साले हङकङ स्टक एक्सचेन्जलाई यसबारे जानकारी दिएको थियो । कम्पनीका अनुसार निकै कोसिस गर्दा पनि बाओयानसँग सम्पर्क हुन सकिरहेको छैन । उनी हराएको खबर बाहिरिएसँगै कम्पनीको सेयरमा ५० प्रतिशतसम्मको गिरावट आएको थियो । चीनमा भ्रष्टाचारविरुद्धमा छानबिन चलिरहेको छ । यसले चीनका सात खर्ब डलरभन्दा बढीको आर्थिक सेक्टरलाई ठूलो झड्का लागेको छ । 

किन हराउँदै छन् उद्योगपति रु स्  चीनमा अर्बपति हराउने घटना एकपछि अर्को गरी बढ्दै गइरहेको छ । यसको एउटा कारण हो, सरकारको आलोचना । जसले चीन सरकारको आलोचना गर्छ, ऊ हराउँछ । पछिल्लो दिनमा रेन झिकियाङले चिनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए । त्यसको केही दिनपछि उनी हराए । पछि उनलाई १८ वर्षको सजाय सुनाइयो । 

यस्तै, सन् २०१५ मा फोसुन इन्टरनेसनल ग्रुपका अध्यक्ष अर्बपति गुओ गुआङचाङ पनि यसैगरी हराए । उनलाई चीनको ‘वारेन बफेट’ भनिन्थ्यो भने पश्चिमा उनलाई इंग्लिस प्रिमियर लिग फुटबल क्लब वोल्भरह्याम्पटन वन्डसर्सको स्वामित्वकर्ता भनेर चिन्थे । सो वर्षमा मात्रै कम्तीमा पाँच अधिकारी सम्पर्कविहीन बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् सन् २०१७ मा चिनियाँ मूलका क्यानेडियन उद्योगपति जिआओ जिन्हुवा हङकङको एक होटेलबाट पक्राउ परे । उनी चिनका धनाढ्यमध्ये एक थिए, जसलाई भ्रष्टाचारको आरोपमा जेल सजाय दिइएको थियो । 

सन् २०१२ मा राष्ट्रपतिका रूपमा सत्ता सम्हालेपछि सी जिनपिङले भ्रष्टाचारविरोधी अभियान सुरुवात गरे । अभियान राम्रो हुँदाहुँदै पनि यसले चीनमा आतंक मच्चाएको छ । यसै अभियानअन्तर्गत अहिलेसम्म लाखौँमाथि छानबिन गरिएको छ ।

अर्का अर्बपति ज्याक माले पनि चीन सरकारले कारोबारमा प्रतिबन्ध लगाएको आरोप लगाएका थिए । उनले सरकारको खुलेआम आलोचना गरेका थिए । त्यसपछि उनी पनि रेन र गुओझैँ हराए । चीनको हाई–प्रोफाइल अर्बपतिमध्येका एक हुन्, ज्याक । 

उनी हराएसँगै फाइनान्सियल टेक्नोलोजीको लोकप्रिय एन्ट ग्रुपको सेयर सूचीकरणलाई रोक्नुप¥यो । सामान्य समृद्धि ९कमन प्रोस्परिटी० फन्डमा झन्डै १० अर्ब डलर दान गरेपछि उनी दुई वर्षयता चीनमा देखिएका छैनन्, न उनीमाथि कुनै अपराधको आरोप नै लगाइएको छ । 

ज्याक पछिल्लोपटक कहाँ देखिएका थिए भन्ने पनि स्पष्ट छैन । यद्यपि, हालसालै मात्र जापान, थाइल्यान्ड र अस्ट्रेलियामा देखिएको विषय आइरहेको छ । चीन सरकारले भने देशका केही धनाढ्यमाथि गरिएको छानबिन र कारबाही विशुद्ध रूपमा कानुनी भएको बताएको छ । साथै, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्ने संकल्प लिएको उसको भनाइ छ । तर, बेइजिङको यस्तो कारबाही उदारीकरणको दशकौँको पृष्ठभूमिमा पनि आउँछ, जुन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीनको भ्रष्टाचारविरुद्धको कडा नीतिले अहिले त्यहाँका उद्योगपति त्रसित छन् । बाओको कम्पनीका अध्यक्ष कोङ लिनमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

सीको भ्रष्टाचारविरोधी अभियान स्  सन् २०१२ मा राष्ट्रपतिका रूपमा सत्ता सम्हालेपछि उनले भ्रष्टाचारविरोधी अभियान सुरुवात गरे । यो अभियान राम्रो हुँदाहुँदै पनि यसले चीनमा आतंक मच्चाएको छ । यसै अभियानअन्तर्गत अहिलेसम्म लाखौँमाथि छानबिन गरिएको छ । सेनाका जवान, सरकारी विभागका कर्मचारी र उद्योगपतिलगायत थुप्रैलाई सजाय दिइएको छ । सन् २०१७ सम्म भ्रष्टाचारको मुद्दामा दुई लाख १० हजारभन्दा बढीलाई सजाय दिइसकेको थियो । 

कसले गर्दै छ छानबिन रु स्  पछिल्लो समय हराइरहेका बाओमाथि कसले छानबिन गरिरहेको छ भन्ने कुनै खबर छैन, न त उनी कहाँ छन् भन्ने नै कसैलाई जानकारी छ । ज्याक मा, बाओ फ्यानलगायतका चिनियाँ उद्योगपति एकपछि अर्को हराउन थालेपछि रहस्य पटाक्षेप भएको हो ।