४३९ मेगावाट क्षमताको बेतन कर्णालीः सुदूर समृद्धिको अर्को आयोजना

१ बर्ष अघि

२0७९ चैत्र १ बुधबार

४३९ मेगावाट क्षमताको बेतन कर्णालीः सुदूर समृद्धिको अर्को आयोजना

धनगढीः ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेको छ। आयोजनाको प्रवर्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य पूरा गरेको छ। अछाम हुँदै बग्ने कर्णाली नदीमा बन्न लागेको यो अर्धजलाशययुक्त आयोजना हो।


आयोजनाको ड्याम ९बाँधस्थल० अछामको ढकारी गाउँपालिका–६ मालुमेला र पावरहाउस ९विद्युतगृह० अछामको ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ। कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो।


आयोजनाको बेस क्याम्प हाउस, पहुँच सडक, टेस्ट टनेल निर्माण, जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, वातावरणीय प्रभाव मूल्याङ्कन, सार्वजनिक सुनुवाइ, बेलिब्रिज निर्माणलगायतका कार्य निर्माणपूर्वको तयारीअन्तर्गत पर्दछन्। आयोजनाका प्रबन्ध निर्देशक दीपक रौनियारले आधारभूत तयारी सबै पूरा भएको बताए।
अछामका तीन वडा प्रभावित
आयोजनाको साइट क्याम्प निर्माण पूरा भएको छ भने टेस्ट टनेल खन्ने काम भइरहेको छ। आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण कार्य पूरा भएको छ। पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिनेछ। मालुमेलामा १४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ। उक्त तालमा मत्स्यपालन, पर्यटन व्यवसाय सञ्चालन गर्न सकिनेछ। ‘कैलाली र अछामको विकासमा यो आयोजना कोसेढुङ्गा सावित हुनेछ, कर्णाली नदी आसपासका बस्ती विकासका दृष्टिले निकै पछाडि परेका छन्’, आयोजना प्रमुख उपेन्द्र न्यौपानेले भने।
आयोजनाबाट अछामको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन्। आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति ९कन्स्ट्रक्सन पावर० कम्पनीले कैलालीको सुगरखालदेखि करिब ३० किलोमिटर दुरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ।


५७० मिटर टेस्ट अडिट टनेलमध्ये करीब पाँच सय मिटर पूरा भएको छ। १७२ दशमलव ७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध ९ड्याम० प्रस्ताव गरिएको छ। बाँधमा ६र६ ओटा गेट राखिनेछ। बाँधको पानीलाई दुई किलोमिटर लम्बाइ र आठ मिटर ब्यासका तीन ओटा सुरुङबाट विद्युत् उत्पादनगृहसम्म पुगाइनेछ। बाँधदेखि दुई किलोमिटर तल भूमिगत विद्युत् गृह बन्नेछ। पावरहाउसमा ७१ दशमलवव ६८ मेगावाटका ६ ओटा टर्वाइन रहनेछन्।


आयोजनाका लागि बाँध निर्माण गर्नुपूर्व कर्णाली नदीलाई ९ दशमलव ८ मिटर ब्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाईका दुई ओटा डाइभर्सन टनेलबाट मोडिनेछ। आयोजनाका लागि अछाममा १ हजार ८४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। आयोजनाका प्रमुख न्यौपानेले अछाममा मुआब्जा वितरण प्रक्रिया सुरु भएको बताए। बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि नै शेयर संरचनाको टुङ्गो लगाइसकेको छ।
आयोजना निर्माण गर्न ८८ अर्व लगानी
शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अतिविपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। ८८ अर्ब रुपैयाँ लागत रहेको यो आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यहाँबाट उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार रुपैयाँ तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख ८ हजार रुपैयाँ वार्षिक आय हुने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २०१७ अक्टोबरदेखि यसको अध्ययन थालेको थियो। 
चार सय केभी प्रसारण लाइन पनि बन्दै 
कर्णाली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया पनि सुरू भइसकेको छ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले कालीकोटको फुकोटदेखि कैलालीको नेपाल–भारत सीमासम्म १२१ किमी लामो चार सय केभीको प्रसारण लाइन निर्माण गर्न लागेको हो। यो नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो। 


कर्णाली नदी बेसिनमा निर्माण हुने अन्य आयोजनासमेत गरी कुल २ हजार ६०० मेगावाट विद्युत् उक्त प्रसारण लाइनले प्रवाह गर्ने बताइएको छ। प्रसारण लाइनको पहिलो खण्ड कालीकोटको फुकोट सब(स्टेसनदेखि सुर्खेतको बेतन सब(स्टेसनसम्म ५५ किलोमिटर हुनेछ। सुर्खेतको चौकुनेदेखि कैलालीको बर्दगोरियामा प्रस्तावित दोस्रो खण्ड दोदोधरा सब(स्टेसनसम्म ३९ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। त्यस्तै तेस्रो खण्डअन्तर्गत दोदोधरा सब(स्टेसनदेखि नेपाल–भारत सीमा क्षेत्र भजनी नगरपालिका–५ कर्मादेवसम्म २७ किलोमिटर लामो  प्रसारण लाइन बन्नेछ। दोदोधरा–बेतन–फुकोटखण्डको निर्माण २०८३ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ। दिनेश खबर बाट