प्रदेशमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मुख्यमन्त्री पुष्करसिंह धामी आफैं र्‍याफ्टिङ गए, भदौमा टनकपुरमा राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता हुने,

१ बर्ष अघि

२0७९ फाल्गुन २८ आईतवार

प्रदेशमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मुख्यमन्त्री पुष्करसिंह धामी आफैं र्‍याफ्टिङ गए, भदौमा टनकपुरमा राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता हुने,

काठमाडौ ।  मुख्यमन्त्री पुष्करसिंह धामीले टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म ११ किलोमिटर लामो महाकाली नदी शारदा नदीको फागुन २५ गते उद्घाटन गरेका छन् ।  मुख्यमन्त्री पुष्करसिंह धामीले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारतसहित विश्वको नक्सामा ल्याउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए । उनले साहसिक खेलको प्रवद्र्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए । आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता हुने भएको छ । जसमा विभिन्न राज्यका प्रतियोगीहरुको सहभागिता रहनेछ । यसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उनले भने कि नयाँ उत्तराखण्डको लागि राज्य सरकारको संकल्पमा साहसिक पर्यटनलाई प्राथमिकतामा राखिएको छ। यसलाई प्रवर्द्धन गर्न राज्यका विभिन्न स्थानमा धेरै काम भइरहेका छन् । यसैक्रममा टनकपुर क्षेत्रलाई र्‍याफ्टिङसँग जोड्न विभिन्न कार्यक्रम गरिँदैछ । मुख्यमन्त्री पुष्करसिंह धामीले माँ पूर्णागिरी मन्दिरमा आउने भक्तजनले तीर्थयात्रासँगै साहसिक कार्यको आनन्द लिने बताउनुभयो । यसले स्थानीयलाई रोजगारी पनि दिनेछ । जसले गर्दा जिल्ला र प्रदेशको आर्थिक अवस्था सुदृढ हुनेछ । उनले पूर्णागिरी मेलामा आउने भक्तजनलाई चम्पावतलगायत जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा पु¥याउने काम पनि भइरहेको जानकारी दिनुभयो ।त्यसमा सांसद अजय टमटा, जिल्ला अधिकारी नरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।