हुतीमा स्ववियु निर्वाचन स्थगित

१ बर्ष अघि

२0७९ फाल्गुन २८ आईतवार

हुतीमा स्ववियु निर्वाचन स्थगित

दार्चुला । आगामी चैत ५ गते तोकिएको अपि नाम्पा क्याम्पस हुतीको निर्वाचन स्थगित भएको छ । क्याम्पसको प्राविधिक काम नसकिएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित भएको हो ।

अपि–नाम्पा क्याम्पस हुतीका निमित्त क्याम्पस प्रमुख धौली भट्टले आइतबार एक सूचना जारी गर्दै तयारी नपुगेको भन्दै निर्वाचन स्थगित भएको उल्लेख गरेकी छिन् ।

क्याम्पसले यसअघि एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलाई विद्यार्थी भर्ना नभएको भन्दै जानकारी गराएको थियो । तर शनिबार क्याम्पसले दुई विद्यार्थी संगठनको जानकारीबीनै नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेविसंघको मात्रै उम्मेदवारी दर्ता गरेपछि विरोध भएको थियो ।

अनेरास्ववियुको विरोधपछि क्याम्पसले प्राविधिक समस्या देखाउँदै स्ववियु निर्वाचन स्थगित गराएको हो ।