राष्ट्रपति निर्वाचन स् बुधबार काठमाडौं आउन मतदातालाई गठबन्धनको निर्देशन

१ बर्ष अघि

२0७९ फाल्गुन २३ मंगलवार

राष्ट्रपति निर्वाचन स् बुधबार काठमाडौं आउन मतदातालाई गठबन्धनको निर्देशन

काठमाडौं । फागुन २५ गते ९बिहीबार० हुने राष्ट्रपति निर्वाचनको लागि बुधबार काठमाडौं आइपुग्‍न मतदातालाई आठ दलीय गठबन्धनले निर्देशन दिएको छ ।

आज मंगलबार बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनको लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो ।

गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकले सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको गठबन्धन कार्यदलका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रपति निर्वाचनको लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको छ ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनका मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको बताइएको छ ।

आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ राष्ट्रपतिको साझा उम्मेदवार बनाइएको छ भने नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका विपक्षी उम्मेदवार बनेका छन् ।