दार्चुला जीप दुर्घटना अपडेटः १ जनाको मृत्यु ३ जनालाई रिफर

१ बर्ष अघि

२0७९ फाल्गुन २३ मंगलवार

दार्चुला  जीप दुर्घटना अपडेटः १ जनाको मृत्यु ३ जनालाई रिफर

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिथौरागढ जिल्ला तहसिल धार्चुला सिमखोला बस्ने वर्ष ६० की काली देवि नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । 
अन्य ३ जनालाई रिफर गरिएको छ ।रिफर हुनेमा वर्ष ५५ का मख्खन नेगी,वर्ष ७ कि बिमला नेगी र वर्ष ७ कि किरण कुमारी आग्रीलाई भारतको पिथौरागढ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी तर्कराज  पाण्डेयले जानकारी दिनु भयो ।

अन्य एक ३८ वर्षकि शान्ती देवि नेगीको अवस्था सिरियस रहेको बुझिएको छ । यस्तै वर्ष ४७ का दिवान आग्री,वर्ष ७ का जोतविर सिह कुवर,वर्ष ५का गुरुजोत सरदार र वर्ष २७ कि अन्जु देवि कुवरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गाडी चालक दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर २ बुडिचौरा बस्ने वर्ष अन्ताजी २३÷२४ का मोहन लोथ्यालको अवस्था समेत मध्यम रहेको प्रहरी नायव उपरीक्षक डिएसपी पाण्डेयले जानकारी दिनु भयो । गाडी सडकबाट झण्डै ४० देखि ४५ मिटर तलखसेको प्रहरीले जनाएको छ ।

 मंगलबार विहान जिल्लाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएको उहाँले बताउनु भयो । जीपमा ९ जना भारतीय नागरिक सवार रहेको बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिरमा पुजापाठ गर्ने आएको बुझिएको छ  घाइते अन्य ६ जनाको अहिले जिल्ला अस्पतालमा  उपचार भइरहेको अस्पतालस्रोतले जनाएको छ । जिप ब्याक गर्ने बेला दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।