दार्चुलामा जीप दुर्घटना हुदाँ ६ जना घाइते

१ बर्ष अघि

२0७९ फाल्गुन २३ मंगलवार

दार्चुलामा जीप दुर्घटना हुदाँ ६ जना घाइते

दार्चुला। दार्चुलामा जीप दुर्घटना  हुदाँ ६ जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मंगलबार विहान करिब साढे १० बजेतिर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् । जीपमा भारतीय नागरिक सवार रहका थिए । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जिप पार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।