राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक छ अध्यक्ष नेपाल

१ बर्ष अघि

२0७९ फाल्गुन १८ बिहीबार

राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक छ  अध्यक्ष नेपाल

काठमाण्डौ – नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाण्डौमा आयोजित आठ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौतीहरू आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरूलाई एकताबद्ध बनाएर जानुपर्छ ।’

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गर्नुभयो ।