राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला तदर्थ समिति गठन

५ बर्ष अघि

२0७५ कार्तिक ८ बिहीबार

राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला तदर्थ समिति गठन

गणेशसिह धामी, कार्तिक ८ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाको प्रमुख आतिथ्यता एवं महाकाली अञ्चल अध्यक्ष तिर्थराज पाण्डेयको विशिष्ट आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो ।
जिल्ला तदर्थ समितिको अध्यक्षमा मनोजसिह धामी, प्रथम उपाध्यक्ष भोेजराज भट्ट, द्वितिय उपाध्यक्ष गणेशसिह धामी, सचिव प्रकाश विष्ट, कोषाध्यक्ष सुमित्रा कुवर सहित १६ सदस्यी तदर्थ समिति गठन गरिएको हो ।