महाकाली नदिमा एसएसबी ले गर्‍यो र्‍याफ्टिङको अभ्यास

१ बर्ष अघि

२0७९ फाल्गुन १६ मंगलवार

महाकाली नदिमा एसएसबी ले गर्‍यो र्‍याफ्टिङको अभ्यास

दार्चुला ।  भारतीय सीमा सुरक्षा बल एसएसबी ले महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यास र्‍याप्टिङ गरिरहेको छ । बैतडीको झुलाघाटस्थित महाकाली नदीमा र्‍याफ्टिङ अभ्यास गरिरहेको छ ।  एसएसबीले दार्चुलाको जौलजिवीदेखि र्‍याफ्टिङ गरिरहेको हो । बिहीबार सुरु भएको र्‍याफ्टिङ आइतबार कञ्चनपुरको सीमावर्ती क्षेत्र टनकपुरमा पुगेर समापन हुने जनाइएको छ । भारत उत्तराखण्ड राज्यको पिथौरागढ र धार्चुला क्षेत्रका एसएसबीको टोलीले सैन्य गतिविधिकै झल्को दिने गरी महाकालीमा र्‍याफ्टिङ गरिरहेका हुन् । 
 
विपद् प्रतिकार्य वा उद्धारसम्बन्धी अभ्यास जेसुकै भए पनि सीमाक्षेत्रमा हुने गतिविधिका बारेमा आपसी समन्वय हुनुपर्ने बैतडीका  प्रजिअ पन्थीले बताए । जिल्ला प्रशासन दार्चुलाले पत्राचार गरिसकेकाले बैतडीले पत्राचार नगरेको उनले बताए । उनका अनुसार पिथौरागढ र धार्चुला क्षेत्रका ४१ जनाको एसएसबी टोलीले महाकालीमा र्‍याफ्टिङ गरिरहेको छ । आइतबार टनकपुरमा अभ्यासको समापनमा सहभागिताका लागि एसएसबीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई निम्तो नै पठाएको छ ।