प्रधानमन्त्री प्रचण्डलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी

१ बर्ष अघि

२0७९ फाल्गुन १४ आईतवार

प्रधानमन्त्री प्रचण्डलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन वटा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्नुहुने भएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले हिजो शनिवार प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको थियो । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।