किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

१ बर्ष अघि

२0७९ फाल्गुन १४ आईतवार

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ – एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले उनलाई पक्राउ गरेको हो । 

कानुनी कारबाहीका लागि ब्युरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।