मानसखण्ड दार्चुला धार्मिक महा महोत्वस उद्घाटन (फोटो फिचर)

५ बर्ष अघि

२0७५ कार्तिक ८ बिहीबार

मानसखण्ड दार्चुला धार्मिक महा महोत्वस उद्घाटन (फोटो फिचर)

दृष्टीकोण समाचार, कार्तिक ८ दार्चुला । दार्चुला सदरमुकाममा रहेको महेन्द्र नमुना माविको आयोजनामा आजबाट मानसखण्ड धार्मिक महायज्ञ उद्घाटन गरिएको छ । विद्यालयको सर्वाङ्गीण विकास तथा यसै शैक्षिक सत्रबाट सुरु भएको प्राविधिक धार तर्फको कक्षा सञ्चालनमा आर्थिक सहायता सकलन गर्नको लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो ।  


जिल्ला समन्वय समिति प्रमुख एवं धार्मिक महोत्सव मुल समारोह समितिका संयोजक करविरबहादुर कार्कीको अध्यक्षता एवं प्रदेश सभा सांसद गेल्बुसिह बोहराको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो ।


महायज्ञ सञ्चालन गर्नु पूर्व दार्चुला र धारचुला बजारमा कलस यात्रा निकालिएको थियो । महेन्द्र नमुना माविमा पहिलो पटक गर्न लागेको धार्मिक महोत्सवबाट उठेको पैशा विद्यालयको विकासमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो ।

सात दिन सम्म सञ्चालन हुने महायज्ञमा श्रीमद् भागवतको कथा बाचनका लागि प्रमुख बाचक श्री पुज्य किशोर शरण महाराज रहेका छन् भने राष्ट्रिय भजन गायन टोली, संगित आचार्य शिशिर साधक, राष्ट्रिय उद्घोषक कवि एवं बालसंस्कार अभियान्ता हिरालाल कडेल लगायतको टोली दार्चुला आईपुगेका छन् । 


हरेक दिन विहान ५ बजेदेखि राति १० बजेसम्म विभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ । महायज्ञ अवधिभर तुलादान, भूमिदान, अन्नदान, गौदान, पितृदान लगायतका विभिन्न दानहरु गरिनेछन् ।