दार्चुलामा १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन

१ बर्ष अघि

२0७९ फाल्गुन १२ शुक्रबार

दार्चुलामा १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन

दार्चुला । दार्चुलामा १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विधिवत उद्घाटन भएको छ । सदरमुकाम खलंगामा भएको प्रतियोगिताको सुदूरपश्चिमप्रदेश सभा सदस्य बिक्रम सिह धामीले उद्घाटन गरे ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्यधामीले खेलकुदलाई आफै आत्मनिर्भर हुने गरी सहयोग गर्नुपर्ने बताए । उनले भने, खेलकुद क्षेत्रलाई निर्भर हुन  म पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदर्छु । 
खेल अनुशासनमा खेल्नुपर्ने भन्दै उनले थपे, सदरमुकाम खलंगामा आयोजित प्रतियोगिता सभ्य, इमान्दारितापूर्वक सम्पन्न गर्नुहोला । यो प्रतियोगिताले खेलाडीको पहिचान हुने छ । 


प्रतियोगितामा जिल्लाभरिका ९ वटै स्थानीयतहका ६ सय ६ खेलाडीको सहभागिता रहेको छ । जसअनुसार प्रतियोगितामा शैल्यशिखर नगरपालिकाका ६४ जना, दुहुँगाउँपालिकाका ५३ जना, मार्मा गाउँपालिकाका ७४ जना, अपिहिमाल गाउँपालिका ३७ जना, नौगाड गाउँपालिका ७४ जना, लेकम गाउँपालिका ४९ जना, व्याँस गाउँपालिका ७० जना, मालिकार्जुन गाउँपालिका ७० जना र महाकाली नगरपालिकाबाट ११५ जना खेलाडीको सहभागिता रहेको छ ।  फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३८ स्वर्ण, ३८ रजत र ५० कास्यको लागि प्रतिस्पर्धा हुने छ । सबैभन्दा बढि स्वर्ण जित्ने स्थानीयतले राष्ट्रपति रनिङ सिल्डको उपाधि जित्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्याम राज अवस्थीले बताए । 
०७० सालमा आएको महाकाली बाढिपछि सदरमुकाम खलंगामा पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड सञ्चालन भएको हो । 


यो पटक शिवनगरमा नयाँ खेलकुद मैदान निर्माण गरि प्रतियोगिता जिल्ला स्तरमै सञ्चाल नभएको हो । फिल्ड निर्माण र खेलकुद प्रतियोगिताको लागि व्यवस्थापन महाकाली नगरपालिकाले गरेको छ । रनिङ सिल्ड सदरमुकाम खलंगाका दुई वटा खेलमैदानमा सञ्चालनहुँदै छ । एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, र तीनहजार मिटर दौड छात्रछात्रा बीच प्रतिस्पर्धा हुने छ । यस्तै रिले दौड अन्तर्गत एक सय गुणा चार, र चार सय गुणा चार छात्रछात्रा बीच प्रतिस्पर्धा हुदैछ । 


भलिवल, कब्बडी, कराते, लङ्गजम्प, त्रिपलजम्म, सट फुट, ज्याब्लीङ थ्रो खेल हुँदै छ । खेल सञ्चालनको लागि प्रशिक्षकको तर्फबाट करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक ओमकार गिरी र खेलाडीको तर्फबाट कब्बडीका राष्ट्रिय खेलाडी मनिसा भट्टले सफथ लिए ।