पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

१ बर्ष अघि

२0७९ फाल्गुन ११ बिहीबार

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

काठमाण्डौ  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ ।  यसअघि यो विमानस्थलमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागिएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो,ुआईएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि सुरु हुन्छ ।ु

यस विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का मानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

विमानस्थल गएको पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो । विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आईएफआर० प्रणाली जडान गरिएकाले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स ९भीएफआर० प्रणालीका आधारमा सञ्चालन गरिएको थियो । यस प्रणालीमा एटीसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्दै आएका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएपछि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको तयारी गरेको बताइएको छ । 

पोखरा–काठमाण्डौ र काठमाण्डौ–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले यही फागुन २५ गतेदेखि पोखरा–काठमाण्डौ रात्रिकालीन उडानको तयारी गरेको छ ।