‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि

१ बर्ष अघि

२0७९ फाल्गुन ११ बिहीबार

‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा ओलीको असन्तुष्टि

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभइ हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताउनु भएको हो।

बिहीवार आज आफ्नै जन्मदिनको अवसरमा बालकोटमा रहेको निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो मानसिकताबाट देशमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको जस्तो देखिएको बताउनु भयो । 

ओलीले भन्नुभयो, ‘अहिलेकै सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने गरी क्यालेन्डरमा राख्ने दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । सरकारले किन त्यो गर्यो रु आकस्मिक रुपमा त्यो किन गर्नु पर्यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्यो रु जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली नागरिकमा परस्परमा लड्न, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’