बेइजिङनिकट राष्ट्रपति बनाउन चिनियाँ राजदूतको दौडधुप, प्रचण्डलाई भेटेर दिए दबाब

१ बर्ष अघि

२0७९ फाल्गुन ११ बिहीबार

बेइजिङनिकट राष्ट्रपति बनाउन चिनियाँ राजदूतको दौडधुप, प्रचण्डलाई भेटेर दिए दबाब

काठमाडौं । नेपालका राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा चिनियाँ राजदूतको दौडधुप बढेको छ । विगतमा आफू निकट विद्या भण्डारीलाई दुई कार्यकाल राष्ट्रपति बनाएर रणनीतिक फाइदा लिएको चीन यसपालि पनि बेइजिङ निकट राजदूत बनाउन सक्रिय भएको हो ।

यसैक्रममा चिनियाँ राजदूत चेन सोङले बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । ५ फगुनमा एमाले अध्यक्ष केपी ओली भेटेर बेइजिङ निकट उम्मेदवार अघि सार्न अनुरोध गरेका राजदूत सोङले आज प्रचण्डलाई भेटेर सोही कुरा दोहोर्याएका छन् । अहिले राष्ट्रपतिमा माओवादी निर्णायक छ ।

बेइजिङ निकट राष्ट्रपति बनाउन चीनबाट उच्चस्तरीय टोली समेत आउन लागेको चर्चा छ । बेइजिङनिकट वामपन्थी राष्ट्रपति बनाउन दबाब दिएका राजदूत सोङले हैनान प्रान्तमा हुने बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्रीलाई निम्तो पनि दिएका छन् ।

आफू निकट राष्ट्रपति बनाए सत्ता सञ्चालनमा पनि सहजीकरण गर्ने चिनियाँ राजदूत सोङले आश्वासन दिएका छन् । माओवादीका एक नेताले राष्ट्रपतिमा आफ्नो शुभेच्छा समेटियोस् भन्ने चिनियाँ चाहना रहेको बताए । चिनियाँ चाहनाअनुसार नै एमालेबाट ओलीले माधव नेपाल, झलनाथ खनाल र अमिक शेरचनको नाम सिफारिस गरेको बुझिएको छ ।