सांसद चौधरीको कैद माफी भएको संसदलाई जानकारी

१ बर्ष अघि

२0७९ फाल्गुन १0 बुधबार

सांसद चौधरीको कैद माफी भएको संसदलाई जानकारी

 काठमाडौं । सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद माफी भएको जानकारी प्रतिनिधिसभा सदस्यलाई दिएका छन् ।

बुधबार बसेको बैठकमा सभामुख घिमिरेले यही फागुन ७ गते प्रजातन्त्र दिवको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीबाट चौधरीको कैद माफी भएको जानकारी गराएका हुन् ।


सांसद चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सूचीमा रहेका थिए । सोही कारण चौधरीलाई पक्राउ गरी गत माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो ।

तर, सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भएपछि उनी रिहा भइसकेका छन् ।