तीन महिनाको अवधिमा दार्चुलामा १८ जनाको मृत्यु, आत्महत्या बढ्यो

५ बर्ष अघि

२0७५ कार्तिक ८ बिहीबार

तीन महिनाको अवधिमा दार्चुलामा १८ जनाको मृत्यु, आत्महत्या बढ्यो

रामसिह धामी, कार्तिक ८ दार्चुला । चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा दार्चुला जिल्लामा विभिन्न घटनामा परि १८ जनाको मृत्यु भएको छ । कार्तिक ७ गते दार्चुला जिल्लाको नौगाड गाँउपालिका वडा नं.३ जामिरकी कलावती ठगुन्ना रुखमा झन्डीएको अवस्थामा मृत फेला परेकी छिन । दार्चुला जिल्लामा पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता हिक्मत बहादुर बोहराले बताउनु भयो । 
अर्थिक वर्ष २०७५÷७६ को तीन महिनाको अवधिमा भिरबाट लडेर १२ जनाको मृत्यु भएको छ । त्यस्तै आत्महत्याबाट ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृत्यु हुनेको संख्या भन्दा अझै जिल्लामा घरेलु हिंसाका घटनाहरु पनि बढिरहेका छन । तीन महिनाको अवधिमा महिलाहिंसाका ९ वटा, घरेलु हिंसाका ११ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय दार्चुलामा दर्ता भएको सुचना अधिकारी बोहराले बताउनु भयो ।  
महाकाली नगरपालिका दार्चुलामा पनि निबेदन दर्ता भएको र नभएका गरि विभिन्न घटनाहरु आउने गरेकोमा महाकाली नगरपालिकाको  न्यायिक समितिको क्षेत्रभित्रका र बाहिरका घटनाहरु मिलाउने प्रयास गरिएको भएपनि नमिलेका मुद्धाहरु प्रहरी तथा अदालत सम्म पाठाईने गरेको महाकाली नगरापलिकाका उपप्रमुख तथा न्यायिक समितका प्रमुख सुना बोहराले बताउनु भयो ।