डोटीमा जीप दुर्घटना हुँदा दुईको ज्यान गयो : ६ जना घाइते

१ बर्ष अघि

२0७९ फाल्गुन ६ शनिबार

डोटीमा जीप दुर्घटना हुँदा दुईको ज्यान गयो : ६ जना घाइते

डोटी - डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवा रहेका छन् ।

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उहाँकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् । घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

दिपायलबाट घाँटलायाका लागि छुटेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोलीमा गएराति दुर्घटना भएको हो ।