भूकम्प प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गयो

१ बर्ष अघि

२0७९ फाल्गुन ६ शनिबार

भूकम्प प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गयो

भूकम्पबाट प्रभावित मध्य टर्कीमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । मध्य सहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्पपीडितको आगलागीमा परेर ज्यान गएको हो ।

ज्यान गुमाउनेहरु सिरियाली परिवारका सदस्यहरू रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रातको समयमा विद्युतीय हिटर वा स्टोभबाट आगलागी भएको हुनसक्ने अनुमान छ ।

सन् २०११ मा अरब देशमा गृहयुद्ध सुरु भएपछि लाखौँ सिरियाली शरणार्थीहरू अहिले टर्कीका विभिन्न सहरमा बसिरहेका छन् । टर्की र सिरियामा गएको भूकम्पका कारण शरणार्थीहरु थप समस्यामा परेका छन् ।