बैतडी- मन्त्री दामोदर भण्डारी बैतडी आउदैँ छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी शनिबार आफ्नो गृह जिल्ला बैतडी आउन लाग्नुभएको हो ।
बैतडीबाट प्रतिनिधिसभा निर्वाचीत भण्डारी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लाग्नु भएको हो । भण्डारी शनिबार दिउँसो बैतडी पुग्ने उनको निजी सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले आज दिउँसो २ बजे देहिमाण्डौँमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।
मन्त्री भण्डारी जिल्ला स्थीत बिभिन्न कार्यक्रममा सहभागि हुने बताइएको छ । यस्तै आइतबार जिल्लास्थित सबै कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा अन्तरकृया कार्यक्रम सहभागि भएर भोली नै उनले निर्माण व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्ने बताइएको छ ।
मन्त्री भण्डारी गृह जिल्ला आउने भएपछि ठाउँठाउँमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । मन्त्री भण्डारी ८ गते काठमाण्डौ फर्किने छन् ।