जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

१ बर्ष अघि

२0७९ फाल्गुन ३ बुधबार

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

दार्चुला । दार्चुलामा जबरजस्ती करणी अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मानसिक सन्तुलन बिग्रिएकी शैल्यशिखरकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ झलातीका २७ वर्षीय युवकलाई पक्राउ गरेको छ।

झलाती घर भएर शैल्यशिखर नगरपालिका–९ पथ्थराइनमा बस्दै आएका प्रेम पार्कीलाई प्रहरीले हिजो राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट गएको टोलीले राति नै आरोपितलाई पक्राउ गरेको थियो।

‘हिजो राति करिब साढे ९ बजेतिर मानसिक सन्तुलन बिग्रिएकी ४५ वर्षीया महिलालाई पार्कीले ससुराली घर नजिक बलात्कार गरेको खबर स्थानीयले दिएपछि पक्राउ गरेका हौँ,’ उनले भने, ‘जिल्लामा ल्याएर मुद्दा दर्ता गरी थप अनुसन्धानको काम चलिरहेको छ।’

पार्की ३– ४ वर्षदेखि ससुरालीस्थित घरमा बसेर मिस्त्रीको काम गर्ने गरेको प्रहरीले जनाएको छ।