कहिल्यै नहट्ने भयो व्याँसका स्थानीयको तुइन यात्रा 

५ बर्ष अघि

२0७५ कार्तिक ७ बुधबार

कहिल्यै नहट्ने भयो व्याँसका स्थानीयको तुइन यात्रा 


ललित सामन्त कार्तिक ७ दार्चुला । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा रहेका व्याँस र दुँहुका स्थानीयहरु बर्षौ देखि जोखिमपुर्ण तुइनको यात्रा गर्न बाध्य छन् ।   
स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकार बनेपनि दार्चुलाका व्याँसका स्थानीयहरु तुईनको जोखिम पूर्णयात्रबाट कहिल्यै छुटकारा नपाउने स्थितिमा छन् । कारण हो नेपाल तर्फबाट व्याँस जान बाटोघाँटो नहुनु, भारतबाट महाकाली तरेर नेपाल आउन पुल नहुनु । 
व्याँसका स्थानीयलाई आवत जावतमा समस्या भएकै बेला जोखिमपुर्ण तुइनको यात्रा गर्न पनि सहज छैन् । बेला बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिने गरेको व्यास गाउँपालीका वडा नम्बर ३ सिनाका स्थानीय नरेन्द्रसिह धामीले जानकारी दिनु भएको छ ।
यसपाली दशै तिहारका लागि सामान लिन समेत पाएनौ, तुइन नहुँदा बजार आवत जावतमा समस्या  भयो, उहाँले भन्नु भयो । 
मुख्यगरी विद्यार्थीहरु, विरामीहरु अस्पताल पु¥याउन समस्या हुने गरेको छ ।  नेपाल भारत जोड्ने धौलाकोट तिग्रम झोलुङ्गे पुल बाहेक भण्डै आधा दर्जन क्षेत्रमा तुईन लगाइएका छन् । व्यास क्षेत्रको बसेडी डोकट, मलघट्टे, बर्तीघाट, माल लगायतका क्षेत्रमा तुईनहरु लगाइएका छन् ।