नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य, करणले लिए ५ विकेट

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य, करणले लिए ५ विकेट

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १र१ विकेट लिए ।

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।