रक्षामन्त्री उप्रेती बेंग्लोरमा, भारतीय समकक्षीसँग भेटवार्ता

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

रक्षामन्त्री उप्रेती बेंग्लोरमा, भारतीय समकक्षीसँग भेटवार्ता

रक्षामन्त्री हरिप्रसाद उप्रेती पाँचदिने भारत भ्रमणका क्रममा आइतबार बेंग्लोर पुगेका छन् । उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

भारतीय रक्षामन्त्री सिंहद्वारा मंगलबारका लागि  आयोजित रक्षामन्त्रीहरूको सम्मेलन र रक्षासम्बन्धी प्रदर्शनीमा सहभागी हुन उनी बेंग्लोर पुगेका हुन् । भारतीय रक्षामन्त्रीसँगको भेटमा दुई देशबीचका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षामन्त्रीको टोलीमा नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन् ।

‘एरो इन्डिया’ नाम दिइएको रक्षा प्रदर्शनीको बीचमा रक्षामन्त्री सिंहले रक्षामन्त्रीहरूको सम्मेलन आयोजना गरेको प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ । यसपालि एरो इन्डियाको १४औँ संस्करण आयोजना हुन लागेको हो, जुन करिब ३५ हजार वर्गमिटरको क्षेत्रमा आयोजना हुनेछ । हालसम्म सात सय ३१ भन्दा बढी स्टल दर्ता भएका छन् ।

यो कार्यक्रम १ देखि ५ फागुनसम्म हुनेछ । एरो इन्डिया प्रदर्शनीमा भारतको रक्षा र एरोस्पेस क्षेत्रमा बढ्दो प्रगति तथा बलियो र आत्मनिर्भर नयाँ भारतको उदयको झल्को दिने गरी तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘द रनवे टु अ बिलियन अवसर’ भन्ने नारा दिइएको छ ।

रक्षामन्त्रीहरूको सम्मेलनको नाम सेयडई प्रोस्पेरिटी टु इन्हान्स्ड इन्गेजमेन्ट इन डिफेन्स ९स्पिड० दिइएको छ । भारतीय रक्षामन्त्री सिंहले एरो इन्डिया व्यापारिक कार्यक्रम भएको र यसले अन्य मुलुकसँग भारतको रक्षा सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको बताएका छन् ।