माधव नेपाललाई प्रचण्डले दिए हेलिकप्टरमा लिफ्ट

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

माधव नेपाललाई प्रचण्डले दिए हेलिकप्टरमा लिफ्ट

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै हेलिकप्टरमा धनगढीबाट काठमाडौं आएका छन् । प्रचण्ड सुदुरपश्चिम क्षेत्रको विकास निर्माणको अवलोकनको लागि आज विहान त्यसतर्फ गएका थिए भने नेपाल आइबार नै कैलाली पुगेका थिए ।

नेपाल भने आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन कैलाली गएका थिए ।उनीहरु नेपाली सेनाको हेलिकप्टरमा सोमबार साँझ काठमाडौँ फर्किएका हुन् ।सरकारमा सहभागी नभएको दल एकीकृत समाजवादीका अध्यक्षलाई प्रधानमन्त्रीले आफू सवार हेलिकप्टरमा सँगै काठमाडौँ ल्याएका हुन् ।

सत्ता सादेझार दलहरुबीच मतभेद उत्पन्न भइरहेको बेला माधव नेपाललाई प्रधानमन्त्रीले हेलिकप्टरमा लिफ्ट दिनुको विशेष राजनीतिक अर्थ हुनसक्छ ।

राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मत भिन्नता उत्पन्न भइरहेको छ ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् । त्यसलाई सरकारमा सहभागी नभएको दल एकीकृत समाजवादी र नेपाली कांग्रेसले स्वागत गरेको छ ।

चुनाव अघि प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा एउटै चुनावी मोर्चामा थिए ।