एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन सुरु गर्‍यौं माधव नेपाल

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन सुरु गर्‍यौं  माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन् ।


‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ रु एउटा नेपाली काँग्रेस, अर्को ९एकीकृत समाजवादी० छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ रु ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने ।

सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएपछि बिहीबार पदमुक्त भएका थिए । अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् र नेकपा एकीकृत समाजवादीका नरेश शाही पनि मन्त्री भएका छन् ।


एमालेले धेरै नेतालाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमाले नेताहरु दंग परेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले दावी गरे ।

‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ’ उनले भने, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टिफ्ल्याट खाने हो थाहा छैन ।’