भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। आगामी १ फागुनमा उनी नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफ्नो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन्।